साहस उर्जाको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

बैठकले कम्पनीको वार्षिक साधारण सभा कात्तिक ४ गते आह्वान गरेको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे डाकेको हो। सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७७(७८ देखि २०८०/८१ सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सभाले स्वतन्त्र सञ्चालक पनि नियुक्ति गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स