काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
सोमबार कम्पनीको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
आजको अन्तिम कारोबार मूल्य ९५५.१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात कम्पनीको मूल्य ९१८.३७ रुपैयाँ कायम भएको छ ।