साढे ७ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

सोमबार, नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७० लाख ६१ हजार कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३१ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २७ करोड ४२ लाख, नेपाल फाइनान्सको २० करोड ९० लाख, एनएलजी इन्स्योरेन्सको १८ करोड २४ लाख, हिमालयन रि इन्स्योरेन्सको १४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स