काठमाडौं । अपि पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश समेत गरि कुल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
साथै, बैठकले कम्पनीको २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक १ गते, होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।
कम्पनीले सभा प्रयोजनार्थ असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
https://www.hamroartha.com/wp-content/uploads/2024/09/api.pdf