२६.४४ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा आएको छ ।

आज ८६ लाख ३६ हजारको कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बोतलर्स नेपाल, मानुषी लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज १६२ वटा कम्पनीहरुको सेयर कारोबार बढ्दा २० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरी, आज उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स