काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
आइतबार, नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ४८ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१९ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६४ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको ३५ करोड २८ लाख, हिमालयन रि इन्स्योरेन्सको २८ करोड ३० लाख, अपी पावरको २५ करोड ४३ लाख, सिंगटी हाइड्रो इनर्जीको २४ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।