ओरियन्टल होटल्सको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिकिो बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जसमा कम्पनीले ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१६ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले कम्पनीको २७ औं वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीले सभा असोज २० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा डाकेको छ ।

कम्पनीले सभामा लाभांशको प्रस्ताव र सोहि अनुसार चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, असोज ६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स