नेपाल ल्युब आयलको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

बैंठकले कम्पनीको ३३ औं वार्षिक साधारण सभा आगामी असोज १८ गते ललितपुरको पुल्चोक स्थित याक प्यालसेमा बिहान साढे ११ बजे डाकेको छ ।

कम्पनीले सभामा प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, एफपीओ निष्काशन पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायत प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, सभाले आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ आसार मसान्तको वासलात र आव २०८०/८१ को आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स