काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा ओरालो लागेको छ ।
बुधबार, नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५४ लाख २८ हजार कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख, ग्रीन लाइफ हाइड्रोपावरको १९ करोड २७ लाख, समृद्वि फाइनान्सको १८ करोड १६ लाख, एचआईडीसीएल प्रमोटरको १५ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।