काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा इक्विटी फण्डको सेयर मूल्य समायोजन भएको छ । मंगलबार कम्पनीको १५ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।
आजको अन्तिम कारोबार मूल्य १२.४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य १०.९० रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि बुधबार सोही मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।