मंगलबार यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा ओरालो लाग्ने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९० लाख ७७ हजार कित्ता सेयर ७ अर्ब २४ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एचआईडीसीएल प्रमोटरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख, सीईडीबी हाइड्रोपावरको २० करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सको १९ करोड ४२ लाख, अपी पावरको १६ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स