गुराँस लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा त्यहाँबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय बैठकले गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स