काठमाडौं । सेयर बजारमा ओरालो लाग्ने क्रम जारी रहेको छ ।
सोमबार, नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड १० लाख ४८ हजार कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२२ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २७ करोड ९४ लाख, हाथ्वे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख, एचआईडीसीएल प्रमोटरको २३ करोड १५ लाख, अपी पावरको २१ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।