बाराही हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा असोज १८ गते डाकेको हो ।

सभा, गौरव इभेन्ट्स, गौतम प्लाजा, स्यूचाटार(सालिक चोक, कलंकी, काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुनेछ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनीले सभा प्रयोजनार्थ असोज १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स