तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २२ लाख ६२ हजार कित्ता सेयर १० अर्ब १२ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माहुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मनकामना इन्जिनियरिङको ९.९५%, सपोर्ट माइक्रो फाइनान्सको ८%, उन्नति सहकारी लघुवित्तको ७.३२%, गणपति लघुवित्तको ६.६७%, स्वाभिमान लघुवित्तको ६.४४%, युनिलिभर नेपालको ६.१३%, गुराँस लघुवित्तको ५.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स