१० अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार, नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २२ लाख ६२ हजार कित्ता सेयर १० अर्ब १२ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४२ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एचआईडीसीएल प्रमोटरको ३५ करोड ८१ लाख, ग्रीन लाइफ हाइड्रोपावरको ३५ करोड ५६ लाख, गुडवील फाइनान्सको ३३ करोड ७४ लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स