भगवती हाईड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले आर्थिक वर्ष २०८0/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको ५४ औं सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश (नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस सेयर गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश तथा बोनस सेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

साथै कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार बिहान ११ बजे बोलाएको छ । सभा अर्पण ब्यांकेट, थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा हुनेछ ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिन कम्पनीको सेयरधनी दर्ता किताव बन्द राख्ने निर्णय गरिएको गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स