माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले सभा असोज १४ गते डाकेको हो ।

सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुने छ ।

कम्पनीले १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, आय व्यय विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा उपस्थित हुन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स