माण्डु हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनहिरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रूपैयाँ नगद लाभांश लाभांश कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको १३औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रूपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स