यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा स्थिर रहेको छ ।

आज २३० कम्पनीको सेयर ६१ हजार ४०५ पटक कारोबार भएको छ । कारोबारमा ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १०३ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ भने ७५ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको स्थिर रहेको छ ।

जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आईतबार कम्पनीको प्रति कित्ता सेयर ३१५ रुपैयाँमा कारोवार छ भने गएको बिहीबार कम्पनीको प्रति कित्ता सेयर ३५० रुपैयाँमा भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ३५ रुपैयाँले घटेको छ ।

साहस ऊर्जा लिमिटेडको सेयर मूल्य ८.७४ प्रतिशतले घटेको छ । आज आइतबार कम्पनीको प्रति कित्ता सेयर ७०५ रुपैयाँमा कारोवार भएको छ । गएको बिहीबार कम्पनीको प्रति कित्ता सेयर मूल्य ७७२.५० रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ६७.५० रुपैयाँले घटेको छ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.२६ प्रतिशतले घटेको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १४०६ रुपैयाँमा कारोवार भएको थियो भने आज आइतबार कम्पनीको सेयर मूल्य घटेर १३६०.१० कारोबार भएको छ । कम्पनीको प्रति कित्ता सेयरको मूल्य ४५.९० रुपैयाँले घटेको छ ।

सुमित लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.०५ प्रतिशतले घटेको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १४७५ रुपैयाँमा कारोवार भएको थियो भने आज आइतबार कम्पनीको सेयर मूल्य घटेर १४३० रुपैयाँमा पुगेको छ । कम्पनीको प्रति कित्ता सेयरको मूल्य ४५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स