नेपाल फाइनान्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

बिहीबार, नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १ लाख ५३ हजार कित्ता सेयर ९ अर्ब ६५ करोड ८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४० करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख, गुडवील फाइनान्सको २९ करोड ९६ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ४ लाख, अपी पावरको २२ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स