कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्काशन गर्ने

काठमाडौं । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साभारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा असोज १२ गते ए-वान क्याफे एन्ड ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे डाकेको हो । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स