पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ६५ लाख ८४ हजार कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्तमा १०%, इष्टर्न हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

एशियन हाइड्रोपावरको ८.९१%, धौलागिरी लघुवित्तको ८.४४%, मानुषी लघुवित्तको ५.९३%, उन्नति सहकारीको ५.४०%, युनिक नेपाल लघुवित्तको ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स