काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
बुधबार, नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ६५ लाख ८४ हजार कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख, सानिमा रिलायन्सको २८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।