साढे १३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गुडवील फाइनान्सको २९ करोड ५४ लाख, सानिमा रिलायन्सको २८ करोड २६ लाख, अपी पावरको २६ करोड ४४ लाख, हिमालयन रि इन्स्योरेन्सको २५ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स