सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ १७ बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनहिरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८०/८१ को लागि बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स