हकप्रद सूचीकरणपछि एचआईडीसीएलको सेयर मूल्य १० प्रतिशतले घट्यो

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको छ । सेयरको आपूर्ती बढेसँगै आइतबार कम्पनीको सेयरमूल्य १० प्रतिशत घटेको हो ।

कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ३१५ रुपैयाँमा झरेको छ ।

आइतबारको कारोबारमा सेयर खरिद गर्नेभन्दा बिक्री कर्ता उच्च हुँदा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आइतबार कम्पनीको ३ लाख ४३ हजार २१६ कित्ता सेयर १० करोड ८१ लाख ६६ हजार ८१५ रुपैयाँमा खरीद बिक्री भएको छ ।

कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स