काठमाडौं । सोमबार, नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ अंक विन्दुमा आइपुगेको छ ।
आज ३ करोड १४ लाख ३० हजार कित्ता सेयर १३ अर्ब १० करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्वि फाइनान्स, प्रोगेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपर माई हाइड्रोपावरमा १०%, दोल्ती पावर, मल्टी पर्पेस फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।