नेप्सेमा उछाल आउँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड १४ लाख ३० हजार कित्ता सेयर १३ अर्ब १० करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४६ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ४१ करोड ८८ लाख, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड १३ लाख, अरुण भ्याली हाइड्रोपावरको २४ करोड ३२ लाख, नेपाल फाइनान्सको २३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स