साढे १० अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ६२ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५२ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड ४३ लाख, नेपाल फाइनान्सको ३३ करोड ३४ लाख, अपी पावरको २६ करोड ७३ लाख, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स