खोरंगा हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । खोरंगा हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले सभा आगामी असोज ७ गते कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज,काठमाडौमा बिहान १० बजे डाकेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल पारित गर्नेछ । त्यस्तै, सोही सभाले विशेष प्रस्तावको रुपमा रहेको कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन, कम्पनीको प्रारम्भिक शेयर निष्कासन (आईपीओ) सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

साथै सभाले आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि तोक्ने निर्णय पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स