करिब साढे १२ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ८३ लाख कित्ता सेयर १२ अर्ब २४ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ३६ करोड ६४ लाख, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ५६ लाख, नेपाल फाइनान्सको ३४ करोड ३ लाख, राधी विद्युत कम्पनीको ३१ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स