ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ४५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स