अल्फा क्यापिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

अल्फा क्यापिटल सफल व्यावसायिक तथा उच्च वृद्धि सम्भावना भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ ।

आईपीओ जारी गरेर पुँजी बजारमा सूचीकृत भएपछि कम्पनीको दायरा, क्षेत्र र जिम्मेवारी अझै विस्तार हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स