साढे १८ अर्ब माथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२३ वटा कम्पनीको घटेको छ भने १ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६५ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ५१ करोड ७५ लाख, अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख, नेपाल फाइनान्सको ४१ करोड ५५ लाख, निफ्राको ३३ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स