काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई हाइड्रोपावरको १० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको कुल १० लाख ५ हजार ११९.२४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा सीईडीबी हाइड्रोपावरको ११ प्रतिशतले हुन आउने कुल ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, मैलुङ खोला जलविद्युतको २.२२११ प्रतिशतले हुन आउने कुल ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।