काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ अंक विन्दुमा आइपुगेको छ ।
आज ४ करोड २६ लाख ८६ हजार कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, अपी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७३ करोड ४३ लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख, अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १६ लाख, शिवम् सिमेन्टको ३२ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।