सात कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश विकास बैंकको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ९ लाख ५१ हजार कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको घटेको छ ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, तारागाँउ रेजेन्सी, नारायणी डेधलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरमा १० प्रतिशतले सकरातमक सर्किट लागेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको ८.१५%, महालक्ष्मी विकास बैंकको ६.८३%, स्वरोजगार लघुवित्तको ६.६४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स