काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ अंक विन्दुमा आइपुगेको छ ।
आज ४ करोड १४ लाख ५४ हजार कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६६ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अपी पावरको ४५ करोड ७८ लाख, एभरेष्ट बैंकको ४५ करोड ९ लाख, सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख, सीईडीबी हाइड्रोपावरको ३६ करोड ५३ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।