हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा भदौ २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स