मेरो माइक्रोफाइनान्स लघुवित्तले सेयर संरचना परिवर्तन गर्ने, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो ।

हाल कम्पनीको संस्थापक सेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४०.६० प्रतिशत सेयर स्वामित्व छ ।

संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले पुँजी संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो ।

संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटमा सम्पर्क राखी लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउन आग्रह गरेको छ ।

यदि निवेदन नदिएमा संस्थापकहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स