नेप्सेमा दुई जीवन बीमा कम्पनीको साढे १ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई जीवन बीमा कम्पनीको साढे १ करोड कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

साउन २७ र साउन २९ गते दुई कम्पनीको कुल १ करोड ७६ लाख १६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा साउन २९ गते मंगलबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २३.८० प्रतिशतले हुन आउने कुल ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, साउन २७ गते आइतबार आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशतले हुन आउने कुल १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स