यी हुन् फिक्स डिपोजिटको ब्याजदर भन्दा कम लाभांश दिने कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई भटाभट लाभांश घोषणा गरिरहेका छन् ।

केही कम्पनीको लाभांश घोषणा भइ सेयरधनीहरुमा वितरण गरिसके भने केहीको वितरण हुने क्रममा छ भने केहीको घोषणा हुन बाँक छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई अधिकतम ६५० प्रतिशतसम्म लाभांश दिएका छन् । सबैभन्दा धेरै लाभांश यूनिलिभर नेपालले आफ्नो सेयरधनीलाई वितरण गरेको छ । युनिलिभरले ६५० प्रतिशत नगद लाभांश सेयरधनीहरुलाई वितरण गरेको हो ।

यस्तोमा केही कम्पनीहरुले सेयरधनीहरुलाई उच्चतम लाभांश वितरण गर्दा केही कम्पनीहरुले भने सेयरधनीहरुलाई वाणिज्य बैंकको फिक्स डिपोजिटमा दिने ब्याजदरभन्दा कम लाभांश वितरण गरेका छन् ।

बैंकहरुले फिक्स डिपोजिटमा १०.३६ प्रतिशतसम्म ब्याज दिइरहका छन् ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेका ६ कम्पनीको लाभांश ब्याजदर भन्दा कम देखिएको छ ।
आफ्ना सेयरधनीलाई सबैभन्दा कम लाभांश सानिमा लार्ज क्याप फण्डले वितरण गरेको छ । सानिमा लार्ज फण्डले सेयरधनीहरुलाई जम्म ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सेयरधनीहरुलाई ब्याजदरभन्दा कम लाभांश घोषणा गर्नेमा लगानी समूह र बैंक २/२ वटा छन् । लघुवित्त र म्युचुअल फण्ड १/१ वटा छन् ।

कम लाभांश वितरण गर्नेमा एनआइसी एसिया लघुवित्त रहेको छ । एनआइसी एसिया लघुवित्तलले सेयरधनीलाई जम्मा ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

७ प्रतिशत लाभांश सहित सन् राइज बैंक तेस्रो स्थानमा छ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनीको ८.४२१ प्रतिशत, नेपाल इन्फ्रास्टक्चर बैंकको ८.५ प्रतिशत र कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स