नेप्सेमा सम्पदा लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको कुल ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत भएको हो ।

साविकको साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकापसरमा मर्जरभएपछि दुवै कम्पनीको सेयर सम्पदा लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

यसअघि नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का गरेको कम्पनीको सेयर कारोबार पनि फुकुवा गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता सेयरमूल्य १ हजार ५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएमपीडीए’ संकेत प्रदान गरेको छ ।

योसँगै, अब आइबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स