नेप्से ४३ अंकले बढ्दा ३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट,अधिकांश बैंकको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६४%, एनएमबीको ९.४२%, ग्लोबल आईएमई बैंकको ९.२२%, लिबर्टी एनर्जीको ९.०३%, कुमारी बैंकको ८.९४%, मातृभूमि लघुवित्तको ८.७७%, अपी पावरको ८.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स