काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ अंक विन्दुमा आइपुगेको छ ।
आज ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९१ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख, अपी पावरको ६५ करोड, कुमारी बैंकको ६१ करोड ७७ लाख, निफ्राको ६० करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।