मोदी इनर्जीले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । मोदी इनर्जीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले बैंकको ऋण चुक्ता गर्न हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगमा सहमतिको लागि आवेदन दिने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगबाट हकप्रद सेयर निष्काशनको सहमतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्न बाटो खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स