सनराइज सेक्युरिटिजद्वारा औपचारिक सेयर कारोबारको शुभारम्भ

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहकाबीच लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिजले सफलता पाउन सकोस भनी कामना गरे ।

सोही कार्यक्रमका विशेष अतिथि लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे । साथै सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।

गैह्रिधारा–२, काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स