काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ९.४९ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.८० प्रतिशत बढेको छ । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा २८.०२ प्रतिशत घटेको छ। गत एक वर्षको कम्पनीको कुल खर्च २९.३७ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ ।
१ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।