साढे २३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड १२ लाख ३० हजार कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८६ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ८४ करोड २९ लाख, अपी पावरको ७५ करोड ५९ लाख, नेपाल फाइनान्सको ६१ करोड ६४ लाख, सानिमा माई हाइड्रोपावरको ५८ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स